काठमाडौं । मनाङमा मर्स्याङ्दी नदी थुनिएको छ । मनाङको चामेमा पहिरो खस्दा मर्स्याङ्दी नदी आंशिक थुनिएको हो ।
जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार, मनाङको चामेस्थित मर्स्याङ्दी नदीमा पहिरो खसेर खोला थुनिएको हो । घट्टे खोलाबाट झरेको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी थुनिएको हो ।
अहिले खोलाको बहाव आंशिक रूपमा सुचारु भएता पनि पहिरो अझै खसिरहेको छ । मर्स्याङ्दी नदीतटीय, करिडोर र आसपास बसोबास गर्नेले अर्को सूचना जारी नहुँदासम्म सतर्कता अपनाउन आग्रह गरेको छ । अहिले मर्स्याङ्दी नदीमा साइरन बजिरहेको छ ।








