११ आश्विन २०८३, आइतबार

मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही बेपत्ता


मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही बेपत्ता

काठमाडौं । मनाङको हिमलुङ हिमालमा पहिरो गएको छ । आज आइतबार बिहान नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिउँपहिरो गएको हो ।

हिमाल आरोहणमा गएका २२ जना (९ पर्वतारोही र १३ सहयोगी) मध्ये करिब १० जना बेपत्ता भएको आशंका प्रहरीले गरेको छ । उद्दारका लागि काठमाडौंबाट हेलिकोप्टर मनाङको लागि गएको सशस्त्रका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

मनाङको हिम्लुङ हिमालमा पहिरो गएर १० जना सम्पर्कविहीन भएको सूचना आएपछि स्थानीय प्रशासनले खोजीका लागी हेलिकप्टर परिचालन गरेको छ । नार्पाभूमी गाउँपालिका–५ स्थित हिम्लुङमा पहिरोका कारण १० जना सम्पर्कविहीन भएको आशङ्का गरिएको छ ।

खोजीका लागि प्रभु हेलिकप्टरमा ४ जना उद्धारकर्मी पहिरो आएको क्षेत्रमा पठाइएको छ । पहिरोका कारण हिमाल आरोहणमा गएका १० जना सम्पर्कविहीन भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !