काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई परिवारको जिम्मा लगाइएको छ । हिजो शनिबार मध्यराति घरबाटै पक्राउ परेका जबरालाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए ।
अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले भने जबरालाई सुरक्षित ठाउँमा पठाएको बताएका थिए । ‘सुरक्षित ठाउँ’ भनेको कहाँ हो भन्नेबारे भने उनले खुलाएका छैनन् ।
गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट उनलाई पक्राउ गरेको थियो । यसपछि कानुनका जानकारहरुले प्रहरीको शैलीमाथि प्रश्न उठाएका छन् ।








