११ आश्विन २०८३, आइतबार

कालीगण्डकीको बाढीले मिर्मी हार्मिचौर जोड्ने बेलिब्रिज बगायो


कालीगण्डकीको बाढीले मिर्मी हार्मिचौर जोड्ने बेलिब्रिज बगायो

वालिङ, स्याङ्जा । कालीगण्डकीको बाढीले पक्की बेलिब्रिज बगाएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मीचौर जोड्ने मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले राससलाई जानकारी दिए ।

भारी वर्षका कारण स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाका सबै ढोका खोलिएका छन् । आयोजनाले विद्युत् उत्पादन बन्द गरेको छ । स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा रहेको सेतीवेणी बजार डुबानमा परेको उनले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !