काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ परेका छन् । प्रहरीले उनलाई महाराजगन्जस्थित उनको घरबाट पक्राउ गरेको हो ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । कार्यालयका एक प्रहरी कर्मचारीले उनलाई राती ३ बजे पक्राउ गरेर ल्याइएको जानकारी दिए ।
उनी विरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइएको छ । उजुरीको विवरण खुलेको छैन । अहिले उनलाई टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ ।
उनी २०७५ पुस १८ देखी प्रधानन्यायाधीशको कार्यभार सम्हालेका जबरा २०७८ फागुन १ मा संसद्मा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए । उनी विरुद्धको महाअभियोग पारित भएन तर, त्यसपछि उनी सर्वोच्च अदालतमा फर्किन पाएनन् ।









