१० आश्विन २०८३, शनिबार

‘गृहमन्त्रीलाई फोन गर्छु’ भन्दै एसपीलाई थर्काउने अधिकृत हटाइए


‘गृहमन्त्रीलाई फोन गर्छु’ भन्दै एसपीलाई थर्काउने अधिकृत हटाइए

काठमाडौं । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाइएको छ । भन्सार विभागका अनुसार भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाएर त्रिपुरेश्वरस्थित विभागमा हाजिर हुन पत्राचार गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसीसँग उत्पन्न विवादबारे थप बुझ्नुपर्ने भन्दै भन्सार विभागले भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाएको हो ।

विवादसम्बन्धी सार्वजनिक भएका विवरणमाथि थप अध्ययन तथा बुझाइ आवश्यक रहेकाले विभागले घटनाबारे थप आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ । भन्सार पास भएर आएको भारतीय गाडी समातेको विषयमा कैलालीका सशस्त्र प्रहरी प्रमुख केसीलाई भन्सार कार्यालयका अधिकृत भट्टले थर्काएका थिए।

सशस्त्रले रोकेको गाडी तत्काल नछोडेको खण्डमा उनले गृहमन्त्रीदेखि आइजीपीसम्मलाई ‘फोन लगाउने’ भन्दै धम्की दिएको अडियो सार्वजनिक भएको थियो ।सो अडियो सार्वजनिक भएपछि घटनाबारे सामाजिक संजालमा भाइरल भएको थियो । विवादको वास्तविकता र घटनामा संलग्न पक्षको भूमिकाबारे भन्सार विभागले थप बुझ्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु