काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न प्रहरीलाई आदेश दिएको छ । न्यायाधीशहरु कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले दाहाललाई थुनामुक्त गर्न आदेश दिएको हो ।
‘द ग्रे–जोन’ को रिपोर्टबारे सामाजिक सञ्जालमा विचार व्यक्त गरेका कारण उनलाई यही असोज ४ गते मोरङको बेलबारीबाट साइबर अपराधको कसुरमा प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याएको थियो । यसपछि दाहालकी छोरी डेनीले असोज ५ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।









