काठमाडौं । नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेता बनाएको छ । एमालेको केन्द्रीय समिति बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको वरिष्ठ नेतामा अनुमोदन गरेको हो ।
यसअघि पार्टी सचिवालयको आजको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको हो ।
यसअघि २०८३ जेठ ३ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको थियो । नेता भण्डारीको सदस्यता नवीकरण र पार्टी राजनीतिमा सक्रिय हुने विषयलाई लिएर एमालेभित्र लामो समयदेखि बहस हुँदै आएको थियो ।
पछिल्लो समय एमालेमा नेतृत्व पुनर्गठनको बहस चलिरहेका बेला भण्डारी पार्टी राजनीतिमा पुनः सक्रिय भएकी हुन् । एमालेको जारी केन्द्रीय कमिटी बैठकमा संगठनात्मक संरचना, नेतृत्व तथा विभिन्न कमिटी गठनसम्बन्धी विषयमा समेत छलफल भइरहेको छ ।









