८ आश्विन २०८३, बिहिबार

डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना


डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना

काठमाडौँ । डोल्पाको जुफाल एयरपोर्टमा सीता एयरको जहाज दुर्घटना भएको छ । नेपालगंजबाट उडेको जहाज विहान ८:२५ मा ल्याण्ड हुने क्रममा धावनमार्ग (रनवे) मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

प्रवक्ता प्रहरी निरीक्षक पदम रावलकाअनुसार सीता एयरको ९एन-एजे जहाज अवतरणका क्रममा रनवेमा पछाडि दाहिने पट्टीफो चक्का बाहिर निस्केको थियो ।

प्रहरीकाअनुसार चक्का खुस्किएर जहाज केही पर उछिट्टिएको थियो । पाइलटले तत्कालै इन्जिन बन्द गरेका कारण आगलागी हुनबाट जोगिएको छ । प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !