६ आश्विन २०८३, मंगलबार

सर्वोच्च अदालतको बारेमा संसद्‌मा रास्वपा र एमाले सांसदबीच सवाल–जवाफ


सर्वोच्च अदालतको बारेमा संसद्‌मा रास्वपा र एमाले सांसदबीच सवाल–जवाफ

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् यज्ञमणि न्यौपाने र नेकपा (एमाले) का सांसद गुरु बरालबीच सवाल–जवाफ भएको छ । आज मंगलबारको प्रतिनिधिसभा बैठकमा सर्वोच्च अदालतको विषयलाई लिएर दुई सांसदबीच सवाल–जवाफ भएको हो ।

रास्वपाका सांसद न्यौपानेले सर्वोच्च अदालत परिवर्तनको पक्षमा नदेखिएको भन्दै विगतमा पनि यस्तो देखिएको भनेर प्रश्न उठाएका थिए । उनले नेपालको न्यायालय फेर्नुपर्ने भन्दै न्यायालयले दुईतिहाइको सरकारलाई काम गर्न नदिएको आरोप लगाए ।

आजको बैठकमा नियमापत्तिमाथि नियमापत्ति भएको हो । उनले न्याय परिवर्तन आजको आवश्यकता भन्दै बहस सुरु गर्नुपर्ने बताए । विगतमा न्यायालयले दलहरूलाई स्वीकार नगरेको धारणा राखे ।

उनले न्यायालय नफेरे व्यवस्था नयाँ र अवस्था पुरानै हुने बताए । यज्ञमणिको धारणामा एमाले सांसद गुरु बरालले आपत्ति जनाए । उनले न्यायमूर्तिमाथिको हमला स्वीकार्य नभएको भन्दै गलत अभिव्यक्ति सच्याउन माग गरे ।

त्यसपछि न्यौपानेले बरालको भनाइमा पुनः नियमापत्ति गरे । सभामुखको आसनमा रहेकी उपसभामुख रुबी कुमारीले ध्यानाकर्षित भइसकेको भन्दै न्यौपानेलाई बस्न आग्रह गरिन् । न्यौपानेले आफूले नबोली कसरी ध्यानाकर्षित भयो भनी प्रश्न गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु