५ आश्विन २०८३, सोमबार

भोटेकोसी बाढी : पराजुलीको नेतृत्वमा १५ सदस्यीय संसदीय समिति गठन


गणेश पराजुली

काठमाडौं । भोटेकोसी बाढीबारे संसदीय समिति गठन भएको छ । आज साेमबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले १५ सदस्य समिति बनाउने निर्णय गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुली सभापति रहने गरी १५ सदस्यीय समिति बनाउने निर्णय भएको हो ।

जसमा रास्वपाका आठ, नेपाली कांग्रेसका दुई, नेकपा एमालेका दुई, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति, राप्रपाका १/१ सदस्य रहनेछन् । स्रोतका अनुसार, समिति र टीओआर आजै घोषणा हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !