काठमाडौं । भोटेकोसी बाढीबारे संसदीय समिति गठन भएको छ । आज साेमबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले १५ सदस्य समिति बनाउने निर्णय गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुली सभापति रहने गरी १५ सदस्यीय समिति बनाउने निर्णय भएको हो ।
जसमा रास्वपाका आठ, नेपाली कांग्रेसका दुई, नेकपा एमालेका दुई, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति, राप्रपाका १/१ सदस्य रहनेछन् । स्रोतका अनुसार, समिति र टीओआर आजै घोषणा हुनेछ ।









