४ आश्विन २०८३, आइतबार

भरत दाहाललाई तत्काल रिहा गर्न नेकपा मालेको जोडदार माग


भरत दाहाललाई तत्काल रिहा गर्न नेकपा मालेको जोडदार माग

ठमाडौं । राजनीतिक विश्लेषक भरत दाहाललाई तत्काल रिहा गर्न नेकपा मालेले जोडदार माग गरेको छ । नेकपा मालेका महासचिव सीपी मैनालीले आज आइतबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक विचारमाथिको दमन बन्द गर्न र विश्लेषक दाहाललाई तकाल रिहा गर्न जोडदार माग गरेका छन् ।

विज्ञप्तिमा कुनै पनि नागरिकले राज्य, सरकार, सत्ता र शासन व्यवस्थाका कमजोरीमाथि प्रश्न उठाउनु, आलोचना गर्नु र आफ्नो राजनीतिक दृष्टिकोण सार्वजनिक गर्नु लोकतान्त्रिक अधिकार रहेको उल्लेख छ ।

साइबर ब्युरोमा परेको उजुरीका आधारमा पक्राउ गरिएको भनिएपनि आरोप, पक्राउको आधार र अनुसन्धानको विषयमा स्पष्ट जानकारी सार्वजनिक ननगरिनुबाट विचार र अभिव्यक्तिकै कारण पक्राउ गरिएको भन्न सकिने मालेले भनेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !