२ आश्विन २०८३, शुक्रबार

आज सुनचाँदीको मूल्य बढ्यो


सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार ६०० र चाँदीको मूल्य रु १५० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख तीन हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७७५ कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु रु चार हजार ६२५ कायम भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !