काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थप एकजनाको शव भेटिएको छ । योसँगै आज बुधबार दिउँसो खोज तथा उद्धार टोलीले चिलिमे जलविद्युत् आयोजनाको सुरुङको पावरहाउसभित्र ४ जनाको शव भेटिएको हो ।
फेला परेका शवको पहिचान र घटनाबारे थप विवरण आउन बाँकी रहेको छ । सुरक्षा निकाय र सम्बन्धित निकायले शवको सनाखत तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेका छन् । भदौ १० मा रसुवाको भोटेकोसी नदीमा आएको बाढीले चिलिमेसहितका जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ ।
चिलिमेमा पनि त्रिशुली–३ ‘ए’ मा प्रयोग गरिएको जस्तै पानीको फोरा प्रविधिबाट उद्धार टोली माथिल्लो भागको लेदो पन्छाउँदै सुरुङभित्र उद्धार टोली पुगेको थियो । आयोजनाका कामदार तथा कर्मचारी बाढीमा परेर बेपत्ता छन् । सुरुङभित्र रहेको आशंकामा नेपाली सेनासहितको टोलीले खोजी गरिरहेको थियाे ।









