३० भदौ २०८३, मंगलबार

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा ८ जनाको उपचार हुँदै


शिक्षण अस्पताल महाराजगञ्ज

काठमाडौँ । रसुवा बाढीमा परी घाइते भएका आठ जना बिरामीको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

शिक्षण अस्पतालका प्रवक्ता एवं वरिष्ठ न्यूरो सर्जन डा गोपाल सेढाईँले अस्पतालमा उपचारका लागि ल्याएका ८३ घाइते मध्ये हाल आठको उपचार भइरहेको जानकारी दिए । 

डा सेढाईँका अनुसार हाल मीनबहादुर श्रेष्ठ, पवित्र कार्की, पेमा तामाङ, राजेन्द्र भट्ट, तेजबहादुर तामाङ, महेश्वर शाह, निमा दोर्जे तामाङ र चण्डिका श्रेष्ठको उपचार भइरहेको छ । यस्तै, अस्पतालमा ल्याइएका घाइतेमध्ये आज बिहानसम्म ६९ जना उपचारपछि फर्किएका छन् ।

अस्पतालमा ल्याएका मध्ये एकको भने उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !