२८ भदौ २०८३, आइतबार

देउवा नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय


कार्यसम्पादन समिति

काठमाडौं । नेपाली कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवाको समितिमा रहेकालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ । आज आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले देउवा नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय हो ।

कार्यसम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशन पछिको नयाँ समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्नेगरी निर्णय गरेको हो ।

बैठकको निर्णयअनुसार अघिल्लो समितिमा रहेका नेताहरूलाई केन्द्रीय समितिमा सहभागी हुन आह्वान गरिनेछ । उनीहरू आगामी महाधिवेशन सम्पन्न नभएसम्म महाधिवेशन आयोजक समितिकै रूपमा रहनेछन् । बैठकपछि एक पदाधिकारीले अघिल्लो समितिमा रहेका सबैलाई केन्द्रीय समितिमा सहभागी हुन आह्वान गरिने जानकारी दिए ।

विशेष महाधिवेशनपछि देउवा नेतृत्वको अघिल्लो समितिमा रहेका कतिपय नेता नयाँ केन्द्रीय समितिमा समेटिएका थिएनन्। कार्यसम्पादन समितिको पछिल्लो निर्णयसँगै उनीहरूलाई पुनः केन्द्रीय समितिमा सहभागी हुने बाटो खुलेको छ।

कांग्रेसले १६ देखि १९ असोजसम्म १५ औं महाधिवेशनको मिति तोकेको छ । असोज ३ र ४ गते वडा तहको अधिवेशनको मिति तोकिएको छ । कांग्रेस संस्थापनले गत पुससम्म नवीकरण गरेका सबै क्रियाशीलाई मान्यता दिने निर्णय गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !