२५ भदौ २०८३, बिहिबार

उद्योगमन्त्रीबाट राजीनामा दिएपछि रुँदै मन्त्रालयबाट बाहिरिइन् गौरीकुमारी


गौरीकुमारी यादव

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् । आज बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहलाई राजीनामा बुझाएकी हुन् ।

मन्त्री यादवले हिजो बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए ।

इन्धन आपूर्ति सहज बनाउन नसकेको र उद्योगीलाई पाता कस्ने अभिव्यक्ति दिएपछि विवादमा परेकी उद्योगमन्त्री यादव राजीनामा दिएपछि रुँदै मन्त्रालयबाट बाहिरिएकी छन् । राजीनामा दिएलगत्तै मन्त्रालय छाडेकी यादव आँखाभरी आँशु पारेर बाहिरिएकी हुन् । राजीनामा दिएपछि उनले कुनै प्रश्नको उत्तर भने नदिई हिडिन् ।

उनले व्यक्तिगत कारणले राजीनामा दिएको सचिवालयले जनाएको छ । राजीनामा दिएपछि यादवले आफ्नो कार्यकालमा मन्त्रालयको जिम्मेवारी निर्वाह गर्ने क्रममा प्राप्त सहयोग, सहकार्य र सद्भावका लागि सम्बन्धित सबैप्रति हार्दिक आभार व्यक्त गरेकी छन् ।

यस्तो छ हेर्नुहोस् भिडियो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !