२४ भदौ २०८३, बुधबार

मुस्ताङको लोमन्थाङ केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प


भूकम्प

मुस्ताङ । मुस्ताङको लोमन्थाङ आसपास केन्द्र भएर भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । हिजो मंगलबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ ।

भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको धक्का तिब्बत, नेपालको मुस्ताङसँगै, बागलुङसँगै धौलागिरि रेन्ज तथा काठमाडौंसम्म महसुस भएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण भने हालसम्म सार्वजनिक भएको छैन।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !