२३ भदौ २०८३, मंगलबार

पुराना दललाई गृहमन्त्रीको चेतावनी : अझै समय छ सुध्रिनुस्, इतिहास फेर्न नलाग्नुस्


सुधन गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पुराना दलहरूलाई सुध्रन चेतावनी दिएका छन् । आज मंगलबार जेनजी सहिद दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुराना दल र नेताहरूले अझै पनि जेनजी आन्दोलनलाई अपमान गरिरहेको भन्दै सुध्रन चेतावनी दिएका हुन् ।

गृहमन्त्री गुरुङले पुराना दलका नेताहरूले जेनजी आन्दोलनलाई अपमान गरेको आरोप लगाएका हुन् । साथै उनले आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान गर्नुजस्तै रहेको बताए ।

आफूलाई चिल्ला भाषण गर्न नआउने भन्दै मन्त्री गुरुङले इतिहास फेर्ने कोसिस नगर्न आग्रह गरे । उनले पुरानो सोचले नयाँ नेपाल बनाउन नसकिने भन्दै भदौ २३ मा आफूहरू सत्ताको पछाडि नभएको भन्दै अहिले समेत त्यस्तो लोभ नभएको दाबी गरे ।

उनले अझै पनि भदौ २४ गते देश जल्यो भन्दै ट्रेनिङ गरेको देखिएको भन्दै भदौ २३ गते देश मरेको दिन भएको बताए । उनले आफूहरूलाई जनताले जिताएर पठाएको पनि बताए ।

उनले सुशासनको पक्षमा उभिँदा युवाहरूलाई तत्कालीन सरकारले गोली हानेको पनि आरोप लगाए। अहिलेको सरकारले जेनजीको मागलाई सम्बोधन गर्ने गरी काम गरिरहेको उनको भनाइ थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !