२१ भदौ २०८३, आइतबार

राप्रपामा भुईँचालो : अर्का महामन्त्री पाठकले पनि छाडे पार्टी


राप्रपामा भुईँचालो : अर्का महामन्त्री पाठकले पनि छाडे पार्टी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा एकपछि अर्को भुईँचालो जान थालेको छ । यसअघि राप्रपा महामन्त्री धवल शमशेर राणाले पार्टी परित्याग गरेको ३ महिनापछि अर्का महामन्त्री शरदराज पाठकले पनि पार्टी परित्याग गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै उनले पार्टी महामन्त्रीसहित सबै जिम्मेवारी परित्याग गरेको उल्लेख गरेका हुन्। उनी रविन्द्र मिश्रसँगै एकताका क्रममा राप्रपामा समाहित भएका थिए । गत फागुनको चुनावलगत्तै मिश्रले पनि राप्रपा परित्याग गरिसकेका छन्।

राणासहित १८३ जना नेताहरूले पहिलो चरणमा राप्रपा छाडेका थिए । काठमाडौं उपत्यकामा उपलब्ध केही पदाधिकारी तथा केन्द्रीय सदस्य, जनवर्गीय संगठन पदाधिकारी र सदस्यहरू गरी १८३ जनाले पार्टी परित्याग घोषणा गरेका थिए ।

पदाधिकारीहरूमा उपाध्यक्ष मुकुन्द श्याम गिरी, महामन्त्री धवल शम्शेर राणा, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइराला, सगुनसुन्दर लावती, धनसुर शाही, मीना शाही, दिलविकास राजभण्डारी, नानीमैया आचार्यलगायत थिए ।

उनीहरू अधिकांशलाई अध्यक्ष राजेन्द्र लिङ्देनले यसअघि कारबाही गरेका थिए। राप्रपा परित्याग गर्दै पाठकले पार्टीको विचारधारा र व्यवहारबीच चरम विरोधाभास कायमै रहेको उल्लेख गरेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !