काठमाडौँ । नुवाकोटको विदुर—१० बेत्रावतीस्थित बाढी प्रभावित क्षेत्रबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको सफल उद्धार भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सरकार खोज तथा उद्धार कार्यमा अझै दृढतापूर्वक लागिरहेको बताएका छन् ।
आज शनिबार राति सामाजिक सञ्जालमा प्रधानमन्त्रीले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले श्रेष्ठलाई जीवितै उद्धार गरेको खबरले सिङ्गो देशलाई आशा जगाएको उल्लेख गरे । प्रधानमन्त्रीले सामाजिक सञ्जाल लेखेका छन्, ‘यो खबर, खोज तथा उद्धारमा हामी अझै डटेर लागिरहेका छौँ भन्ने सन्देश पनि हो ।’
प्रभावितहरूका लागि ह्वीलचियर, स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको उनले जनाए । ‘अस्थायी बसाइलाई छोट्याएर छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउनेछौँ । राज्य हजुरहरूसँगै छ ।’









