काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगेका छन् । उनी आज शुक्रबार बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको जनधनको क्षतिबारे जानकारी लिन रसुवा पुगेका हुन् ।
थापा विज्ञहरूसहित रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर ३, घिचेत पुगेका सचिवालयले जनाएको छ । यसअघि उनी १५ भदौमा बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–३ पुगेका थिए ।









