१९ भदौ २०८३, शुक्रबार

विज्ञ टोली लिएर गगन थापा पुगे रसुवाको बाढी प्रभावित क्षेत्र


विज्ञ टोली लिएर गगन थापा पुगे रसुवाको बाढी प्रभावित क्षेत्र

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगेका छन् । उनी आज शुक्रबार बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको जनधनको क्षतिबारे जानकारी लिन रसुवा पुगेका हुन् ।

थापा विज्ञहरूसहित रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर ३, घिचेत पुगेका सचिवालयले जनाएको छ । यसअघि उनी १५ भदौमा बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–३ पुगेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !