१९ भदौ २०८३, शुक्रबार

यी हुन् १० दिनपछि सुरुङबाट जीवितै उद्धार गरिएका दुई भाग्यमानी


यी हुन् १० दिनपछि सुरुङबाट जीवितै उद्धार गरिएका दुई भाग्यमानी

काठमाडौँ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये सञ्जय साह र कविर महर्जन दुई जनाको जीवितै उद्धार गरिएको छ ।

साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारीमा हुन् । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना मर्मत कार्य भइरहेको थियो । साह पनि त्यसैका लागि गएको हुनसक्ने बताइएको छ ।

कविर महर्जन त्रिशूली ३ ए जलविद्युत् आयोजनाका सुपरभाइजर भएको आयोजना प्रमुख आवास ओझाले जानकारी दिए । आज बिहान मात्रै खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएपछि उनीहरु खोजी गरी उद्धार गरिएको नेपाली सेनालाई उद्धृत गर्दै इन्जिनियर श्रीराम न्यौपानेले बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !