१५ भदौ २०८३, सोमबार

राष्ट्रपति पौडेललाई लामिछानेले गरे बाढीको ब्रिफिङ


राष्ट्रपति पौडेललाई लामिछानेले गरे बाढीको ब्रिफिङ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । आज साेमबार राष्ट्रपति भवन शीतलनिवासमा पुगेर लामिछानेले राष्ट्रपति पाैडेलसँग भेट गरेका हुन् ।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँगको भेटपछि सभापति लामिछाने राष्ट्रपति पौडेल भेट्न शीतलनिवास पुगेका थिए । भेटका क्रममा रसुवाको भोटेकोसी नदीमा आएको बाढी र बाढीले पुर्याएको क्षति तथा बाढी प्रभावितको उद्धार र राहतका लागि भइरहेको प्रयासबारे उनले राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गरेका छन् ।

सभापति लामिछानेले सोमबार नै प्रधानमन्त्री बालेनसँग भेट गरेर सरकारले गरिरहेको कामबारे जानकारी लिएका थिए । प्रधानमन्त्रीले दिएको जानकारीअनुसार उनले पछि राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गरेका हुन् ।

प्रधानमन्त्री शाहले रास्वपाका सभापति लामिछानेलाई विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको ब्रिफिङ गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !