१५ भदौ २०८३, सोमबार

प्रधानमन्त्री बालेन शाहसँग रास्वपा सभापति रवि लामिछानेको भेट


प्रधानमन्त्री बालेन शाहसँग रास्वपा सभापति रवि लामिछानेको भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी उक्त भेटमा रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका प्रयासबारे छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । 

भेटमा सरकारले खोज, उद्धार, राहत वितरण, नागरिक व्यवस्थापनलगायतका प्रभावित नागरिकहरुको पुनःस्थापनाका विषयमा छलफल भएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु