काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको भनी नक्कली क्यूआर कोड र स्टेटमेन्ट सामाजिक सञ्जालमा पोष्ट गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
रामेछाप प्रहरीले गोकुलगंगा गाउँपालिका-२ ठोसेका ३२ वर्षीय भगवान कार्कीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जनाएको छ ।
उनले भोटेकोशी बाढी प्रभावितका लागि खडा गरिएको कोषमा आफूले १ लाख २० हजार रूपैयाँ सहयोग गरेको भनी च्याटजिपिटीबाट नक्कली भौचर खडा गरेको पाइएको छ ।
कार्कीले कोषमा सहयोग गरेको भनेर आफ्नो क्युआर कोडसमेत सामाजिक सञ्जालमा पोस्ट गरी त्यसबाट ठगी गरेको प्रहरीले जनाएको छ।









