१४ भदौ २०८३, आइतबार

कृष्णभीरमा सडक भासिएपछि काठमाडौं-मुग्लिन सडक अवरुद्ध


कृष्णभीरमा सडक भासिएपछि काठमाडौं-मुग्लिन सडक अवरुद्ध

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको वर्षा र बाढीका कारण सडकको ठूलो हिस्सा भत्किएपछि सवारी आवागमन ठप्प भएको हो ।

बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिल्लीनारायण पाण्डेका अनुसार कृष्णभीरमा सडकको जग नै खस्किएर भासिएका कारण अहिले दुवैतर्फबाट सवारी साधन सञ्चालन गर्न सकिने अवस्था छैन ।

सडक पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने र मुग्लिङ हुँदै काठमाडौँ भित्रिने सयौँ सवारी साधन र हजारौँ यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन् । आज बिहानैदेखि त्रिशूली र नारायणी नदीमा जलसतह बढेको र विभिन्न स्थानमा पहिरो जाने क्रम जारी रहेकाले राजमार्गको यात्रा निकै जोखिमपूर्ण बनेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !