१४ भदौ २०८३, आइतबार

ज्योति समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग


प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष

काठमाडौँ । नेपालको व्यावसायिक घराना ज्योति समूहले बाढीपीडतलाई राहत तथा पुन:स्थापना कार्यका लागि एक करोड रुपैयाँ सहयोग गरेको छ । सो समूहका अध्यक्ष पद्म ज्योतिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

समूहले विपद्‌बाट प्रभावित परिवार तथा समुदायलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा प्रदान गरेको जनाएको छ । पद्म ज्योति समूहले बाढीबाट प्रभावित सबैप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित क्षेत्रको शीघ्र पुनःस्थापनाको कामना गरेको छ ।

साथै, विपद्को यस कठिन घडीमा प्रभावित समुदायलाई सहयोग गर्न आफ्नो सामाजिक उत्तरदायित्वअनुरूप योगदान गरेको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !