१२ भदौ २०८३, शुक्रबार

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने


प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

काठमाडौं । मन्त्रिपरिषद्ले प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

‘भदौ १० गते नेपाल–चीन सिमाना एवं भोटेकोशी नदीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !