काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए ।
छोचेन खोला र पुरेपु त्रिशूली नदी अन्तर्गतका माथिल्ला सहायक नदीको रूपमा चिनिन्छ । सम्भावित बाँध फुट्ने जोखिमलाई मध्यनजर राखेर चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेकोको थियो ।
पहिरोका कारण बनेको तालबाट थप बाढीको जोखिम बढेपछि चीनले समेत तिब्बतमा जारी उद्धार अभियानलाई स्थगित गरिसकेको छ। नदीमा बहाव बढ्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।









