११ भदौ २०८३, बिहिबार

चिनियाँ राजदूतको जिकिर – नेपालतर्फ गएको भूकम्पका कारण पहिरो गयो


चाङ माओमिङ

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा आएको भीषण बाढी र पहिरो नेपालतर्फ गएको भूकम्पका कारण सिर्जना भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन् । नेपालको सरकारी टेलिभिजन ‘एनटिभी वर्ल्ड’ सँगको अन्तर्वार्तामा राजदूत चाङले उक्त कुरा बताएका हुन् ।

नेपालस्थित चिनियाँ दूतावासले सार्वजनिक गरेको विवरणअनुसार, विपद्‌मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार तथा नेपाली जनताप्रति चीनले गहिरो समवेदना प्रकट गरेको छ । राजदूत चाङका अनुसार हालसम्म उपलब्ध प्रारम्भिक जानकारीले विपद्को दिन बिहान नेपालतर्फ भूकम्प गएको देखाएको छ।

भूकम्पका कारण हिमपहिरो र त्यसलगत्तै लेदोसहितको बाढी आएको थियो। यस प्राकृतिक घटनाले केरुङ–रसुवागढी सीमा क्षेत्रको नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय क्षति पुर्‍याएको र धेरै मानिसहरू बेपत्ता भएको उनले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !