६ आश्विन २०८३, मंगलबार

रसुवाको भोटेकोशीमा आएको बाढीमा परी हालसम्म ७२ जनाको शव फेला


रसुवाको भोटेकोशीमा आएको बाढीमा परी हालसम्म ७२ जनाको शव फेला

काठमाडौँ। रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ७२ जना पुगेको छ । अहिलेसम्म ७२ जनाको शव भेटिएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले बताए ।

रसुवा, नुवाकोट, धादिङ र चितवनस्थित नदी तटिय क्षेत्रमा शव भेटिएको हो । भेटिएका शवहरूको पहिचान खुलाउने प्रयास भइरहेको डीआईजी काफ्लेले जानकारी दिए । बाढीमा परेका २८ जना प्रहरी कर्मचारी सम्पर्कमा छैनन् ।

आज बुधबार बिहान ९ बजेतिर चीनको तिब्बत तर्फबाट आएको ल्हेन्दे खोलाको बाढी रसुवाको भोटेकोशीमा मिसिएर ठुलो क्षति पुगेको हो । बाढीका कारण रसुवाको टिमुरे र मैलुङमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरू पनि सम्पर्कविहीन भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु