१० भदौ २०८३, बुधबार

गोसाइँकुण्ड जाँदै गरेका धादिङका २५ तीर्थालु सम्पर्कविहीन


गोसाइँकुण्ड जाँदै गरेका धादिङका २५ तीर्थालु सम्पर्कविहीन

धादिङ । धादिङबाट २५ यात्रु लिएर गोसाइँकुण्डतर्फ जाँदै गरेको बस सम्पर्कविहीन भएको छ । आज बुधबार बिहान धादिङबेँसीबाट गोसाइँकुण्डतर्फ यात्रु लिएर गएको बा ५ ख १२५० नम्बरको बेस्ट बसमा सवार यात्रु तथा चालक सम्पर्कविहिन भएका हुन् ।

बसमा नीलकण्ठ नगरपालिका-१२ का दयाराम लम्साल, सीता लम्साल, ठाकुर लम्साल, शारदा लम्साल, प्रकाश लम्साल र इन्दिरा लम्साल सवार छन् । यस्तै नीलकण्ठ-९ का राम लम्साल, जानुका लम्साल, कृष्णप्रसाद खनाल, राधिका खनाल, रामचन्द्र खनाल, भगवती खनाल, शिवहरी लम्साल, गायत्री लम्साल, नारायणप्रसाद लम्साल, सीता लम्साल, राजन लम्साल र न्याउरी लम्साल बसमा सवार रहेको बताइएको छ।

त्यस्तै सिद्धलेक गाउँपालिका-१ का हरिप्रसाद सिलवाल, बिन्दा सिलवाल, घनश्याम भट्ट र कल्पना भट्ट, नीलकण्ठ नगरपालिका-३ का सीता तिवारी, तुल्सी तिम्ल्सिना र ईश्वरी तिम्ल्सिना सवार रहेको बताइएको छ। बसका चालक एवं गाडी साहु नीलकण्ठ-१२ का छविलाल श्रेष्ठ रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !