काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणले हिम चट्टान पहिरोका कारण रसुवामा बुधबार बाढीले व्यापक क्षति पुर्याएको जनाएको छ। प्राधिकरणले प्लानेट ल्याब्सको स्याटलाइट तस्बिरको विश्लेषणपछि गरेको अध्ययनले बाढीको कारण खुलाएको हो।
‘नेपाल–चीन रसुवागढी नाकाबाट करिब २० किमि उत्तरपूर्व नेपाल–चीन सिमानामा गएको हिम–चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्य्रानसहितको बाढी आएको र टिमुरे हुँदै उक्त बाढी त्रिशूली नदीमा प्रवेश गरेको देखिएको छ’, प्राधिकरणले भनेको छ।









