९ भदौ २०८३, मंगलबार

प्रधानमन्त्री बालेन्द्र शाह कालो चस्मा लगाएरै संसद् जाने


वालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसद्मा जाने भएका छन् । प्रधानमन्त्री शाहको सचिवालयले प्रधानमन्त्रीले स्वास्थ्य परीक्षण गरेर कालो चस्मा लगाउनै पर्ने अवस्थाका बारेमा संसद्लाई जानकारी गराएको हो ।

गत साउन २२ गते स्वास्थ्य परीक्षण गरेर साउन २६ गते सचिवालयलाई पत्र पठाइएको हो । डा. सचित ढकालले प्रधानमन्त्री शाहको आँखा चेक गरेर कालो चस्मा लगाउनुपर्ने सुझाव दिएका थिए ।

सोही रिपोर्ट नै प्रधानमन्त्रीको सचिवालयले संसद् सचिवालयलाई पठाएको हो । यसअघि संसद्मा कार्यव्यवस्था परामर्श समितिको बैठकमा कालो चस्मा निषेध गर्ने निर्णय भएको थियो । प्रधानमन्त्री शाहले भोलि सांसदका प्रश्नको जवाफ दिने तयारी छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ । जहाँ प्रधानमन्त्री शाहलाई ११ जना सांसदले प्रश्न सोध्दैछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !