८ भदौ २०८३, सोमबार

गल्याङ जिप दुर्घटना : २ जनाको मृत्यु, १७ जना घाइते


गल्याङ जिप दुर्घटना

वालिङ, स्याङ्जा । गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज साँझ गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार गल्याङ ८ की २५ वर्षीया निशा पचभैया र गल्याङ ९ का ६० वर्षीय यमबहादुर विकको घटनास्थलमै मृत्यु भएको हो ।

जिपमा सवार अन्य १७ जना घाईते भएका छन् । ती मध्ये २७ वर्षीया वसन्ती विश्वकर्मा तथा ४८ वर्षीया देवी विकको अवस्था गम्भीर छ । उनीहरुलाई पाल्पास्थित युनाईटेड मिशन अस्पताल पठाइएको छ । सामान्य घाइते भएका पाँच जना घर फर्केका छन् । अन्यको गल्याङ नगर अस्पतालमा उपचार जारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !