काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सङ्गठन विभाग प्रमुखमा प्रमोद न्याैपाने मनोनीत भएका छन् । आज शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपानेलाई मनोनीत गर्ने निर्णय गरेको हो ।
यस्तै रास्वपाको प्रवक्तामा जगदीश खरेल (ललितपुर) मनोनीत भएका छन् । उनी सुशीला कार्की नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री थिए ।
यस्तै रास्वपाको कोषाध्यक्षमा मनोमुर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहप्रवक्ता सरेन्द्र चौधरी र डा. नमिता यादवलाई मनोनीत गर्ने प्रस्ताव राखेका थिए। सभापतिको उक्त प्रस्तावलाई केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो ।









