५ भदौ २०८३, शुक्रबार

रास्वपाको प्रवक्तामा पूर्वसञ्चारमन्त्री जगदीश खरेल मनोनीत


जगदीश खरेल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवक्तामा जगदीश खरेल (ललितपुर) मनोनीत भएका छन् । उनी सुशीला कार्की नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री थिए ।

ललितपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा निर्वाचित खरेल चुनावअघि रास्वपामा प्रवेश गरेका थिए । आज शुक्रबार बसेको केन्द्रीय बैठकमा सभापति रवि लामिछानेले प्रवक्तामा खरेललाई मनोनीत गरेका हुन् ।

खरेलगै कोषाध्यक्षमा मनोमुर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहप्रवक्ता सरेन्द्र चौधरी र डा. नमिता यादवलाई मनोनीत गर्ने प्रस्ताव राखेका थिए। सभापतिको उक्त प्रस्तावलाई केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !