काठमाडौँ । प्रधानमन्त्री बालेन शाह आज शुक्रबार पोखरा जाने भएका छन् । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक बालेन पोखरा जान लागेका हुन् ।
प्रधानमन्त्री बालेन बस्नका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिकाको धिताल अस्तामस्थित अन्नपूर्ण इको भिलेज बुक भइसकेको छ । स्रोतका अनुसार अन्नपूर्ण इको भिलेजका सबै कोठा बुक गरिएको छ । प्रधानमन्त्री मुस्ताङ भ्रमणमा जाने बिहीबार सार्वजनिक भएको थियो ।









