काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह आज मुस्ताङ जाँदै छन् । प्रधानमन्त्री शाह आज शुक्रबार पोखरा हुँदै मुस्ताङ जाने भएका हुन् ।
प्रधानमन्त्री शाह पोखरा विमानस्थल भएर मुस्ताङ जाने कार्यक्रम रहेको भएपनि किन जान लागेको भन्ने प्रधानमन्त्री निकटस्थहरूले खुलाएका छैनन् ।प्रधानमन्त्रीसँग उनका केही सल्लाहकार र सहयोगीसमेत मुस्ताङ जाने तयारी रहेको बताइएको छ ।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री शाहसहित केही सदस्य मुस्ताग जाने र शुक्रबार नै फर्किने बताएका छन् । उनी मुस्ताङबाहेक अन्त कहाँ जाने भन्नेबारे खुलाइएको छैन ।









