४ भदौ २०८३, बिहिबार

प्रतिनिधिसभाको दुई तिहाइ संविधान संशोधन गर्न पर्याप्त होइन भन्ने बुझ्नुपर्छ : रवि लामिछाने


रवि लामिछाने

काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधि सभामा दुई तिहाइ पुग्दैमा त्यसले संविधान संशोधन नहुने बताएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा कुराकानी गर्दै उनले प्रतिनिधि सभामा दुई तिहाइ पुग्दैमा त्यो नम्बर संविधान संशोधनका लागि पर्याप्त नहुने बताएका हुन्।

उनले सरकारलाई सहयोग गर्छु भन्ने हिसाबाट सांसदहरूले कुरा राखेको हो भने त्यसलाई स्वागत छ भनेका थिए। उनले तथ्य, कानून र संविधानलाई याद गर्न पनि आग्रह गरेका थिए। सभापति लामिछानेले संवैधानिक निकायहरूलाई नियुक्तिका आधारमा ‘पार्टी’ को भन्न नहुने पनि बताए।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुशासनका क्षेत्रमा धेरै काम गरोस् भन्ने धेरैले अपेक्षा राखे पनि आयोगलाई स्रोत साधन सम्पन्न बनाउन भने खासै ध्यान नपुगेको उनको भनाइ थियो। उनले कानुनअनुसार अघि बढ्न अख्तियारलाई कुनै किसिमको हस्तक्षेप नहुने पनि बताएका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !