३ भदौ २०८३, बुधबार

प्रधानमन्त्री शाहसँग मन्त्रीहरुले गरे कार्यसम्पादन सम्झौता


प्रधानमन्त्री शाहसँग मन्त्रीहरुले गरे कार्यसम्पादन सम्झौता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरुले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेका छन् ।


सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्रीहरुले प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरेका हुन् ।

उनीहरुसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरिएको हो । आजै सम्माननीय प्रधानमन्त्रीसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीज्यूले पनि कार्यसम्पादन सम्झौता गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !