काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आफूसँग प्रधानमन्त्री बालेन शाहको सम्बन्धमा कुनै समस्या नभएको जिकिर गरेका छन् ।आज बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले बेला बेलामा सम्बन्ध बिग्रिएको समाचार आउँदा आफूहरू अझै नजिक हुन पाएको बताए ।
बालेनले बोलाउनुपर्ने संसदीय दलको वैठक अनधिकृतरूपमा रविले बोलाएको चर्चा व्यापक भइरहेको छ । असन्तुष्टिकै कारण बालेन बैठकमा नआएको पनि अनुमानहरु भइरहेका छन् । तर सभापति लामिछानेले भने यसलाई प्रतिरक्षा गरे ।
उनले सञ्चारकर्मीसँग कुरा गर्दै आज बोलाइएको बैठक संसदीय दलको नभएको दाबी गरेका छन् । यो आफ्नो पार्टीका सांसद र मन्त्रीहरूबीचको छलफल मात्र भएको उनको भनाइ छ । बालेनसँग सम्बन्ध विग्रीएको चर्चालाई उनले फेरि एकपटक खण्डन गरे ।
प्रधानमन्त्रीले एक्लै लडिरहेको भनेर लेखेको स्टाटसबारे पनि पत्रकारले सोधेका थिए । लामिछानेले त्यस स्टाटसमा प्रधानमन्त्रीको कवि भावना पोखिएको टिप्पणी गरे ।








