काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूह १५औं महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने भएको छ । कांग्रेसको संस्थापन इतर समूह १५औँ महाधिवेशनको प्रक्रिया तत्काल रोक्न माग गर्दै सर्वोच्च जाने भएको हो ।
पार्टीको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्चमा विचाराधीन रहेकै अवस्थामा संस्थापन पक्षले एकतर्फी रूपमा महाधिवेशनको कार्यतालिका परिमार्जन गरी सार्वजनिक गरेपछि इतर समूहले कानुनी उपचार खोज्ने निर्णय गरेको हो ।
संस्थापन इतर समूहका नेता डा.प्रकाशशरण महतले अदालतले मुद्दालाई सुरुदेखि नै हेर्ने भनेर अनुमति दिइसकेको अवस्थामा अधिवेशन प्रक्रिया अगाडि बढाउनु गलत भएको बताए । उनले यस कदमले संस्थापन पक्ष पार्टीलाई एक ढिक्का बनाएर लैजान चाहँदैन भन्ने पुष्टि गरेको दाबी गरे।
देउवा समूहले गठन गरेको नेता रमेश लेखक संयोजकत्वको कानून तथा विधान समिति अदालत जाने छ । इतर समूहले महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै समितिले अदालत जाने तिथि–मिति भने तय गरेको छैन ।
यसअघि इतर समूहको राष्ट्रिय भेला मूल आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले २६ साउनमा महाधिवेशनसम्बन्धी गतिविधि अघि नबढाउन निर्वाचन आयोग र पार्टीलाई पत्र पठाएका थिए ।









