काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक जारी रहेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा रास्वपाले सबै मन्त्री र सांसदलाई बोलाइएको छ ।
रास्वपाका सभापति रवि लामिछानेले बोलाएको बैठकमा सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा छलफल सम्बन्धमा मन्त्री र सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी भएको थियो ।
पछिल्लो समय रास्वपाकै सांसदले सरकारको कामकारबाहीप्रति आक्रोश व्यक्त गरेपछि सभापति रवि लामिछानेले मन्त्री र सांसदहरुको संयुक्त बैठक बोलाएका हुन् । सरकारको काम र सत्ता पक्षकै सांसदहरूको भूमिका अराजक बन्दै गएपछि चौतर्फी आलोचना भएको थियो ।









