३ भदौ २०८३, बुधबार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त


डा. ढुन्डिराज पौडेल

साउन । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. ढुन्डिराज पौडेल नियुक्त भएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज बुधबार डा. पौडेललाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेकी हुन् ।

वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. पौडेल यसअघि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष थिए । अध्यक्षका रूपमा उनले भरतपुर अस्पताललाई शिक्षण अस्पताल तथा चिकित्सा शिक्षा प्रदान गर्ने संस्थाका रूपमा विकास गर्ने योजना अघि सारेका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !