काठमाडौँ । मकवानपुरमा दुर्घटनामा परी घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीसहित ४ जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
दाङ तुलसीपुर उपमहानगर-९ का ५७ वर्षीय न्यायाधीश डाँगीको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीसँगै गाडीमा सवार अन्य ५ जना समेत घाइते छन् ।
दुर्घटनामा परी अदालतका रजिष्ट्रार तारादत्त बडु, उनका छोरा रितेन्द्र बडु, छोरी रिता बडु र श्रीमती लक्ष्मी बडु घाइते छन् । लक्ष्मीको अवस्था भने गम्भीर छ ।
प्रहरीका अनुसार सो दुर्घटनामा परी चालक छुनिलाल चौधरीलाई घाइते छन्। रजिस्ट्रार बडु र चालकको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
मंगलबार बिहान ८ बजेतिर काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको गाडी भीमफेदी गाउँपालिका–६ स्थित जुराखेतमा दुर्घटना भएको हो । गाडी झन्डै ५० मिटर मुनी खसेको प्रहरीले जनाएको छ ।









