काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच आज भेटवार्ता हुँदैछ । प्रधानमन्त्री शाह र भारतीय स्थल सेनाप्रमुख सेठबीच आज मंगलबार दिउँसो साढे २ बजे सिंहदरबारमा भेटवार्ता हुने भएको हो ।
मंगलबार दिउँसो रक्षा मन्त्री समेत रहेका शाहले सेठलाई भेट्ने तयारी भएको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।चारदिने भ्रमणमा आएका सेठ यो भेटपछि बुधबार भारत फर्किनेछन् ।
हिजो सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले सेठलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेका थिए। नेपाल-भारतबीच सन् १९५० देखि एक अर्काको देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ ।









